काठमाडौं। एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन् । कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो ।
प्रधानले गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन् । सपथ ग्रहण कार्यक्रममा कम्पनी सञ्चालक समिति सदस्यहरू, उच्च व्यवस्थापन टोली, तथा कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।







