काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।
भूकम्पको धक्काले काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।

एन्ड्रोडड अलर्ट सिस्टमका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु तिब्बतमा रहेको थियो। भूकम्प ५.३ रेक्टर स्केलको रहेको पनि अलर्ट सिस्टमले उल्लेख गरेको थियो।
भूकम्पका कारण काठमाडौँ लगायतका क्षेत्रमा मानिसहरु घरबाट बाहिर निस्केका थिए।






