काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम संस्थाले अघिल्लो आवको सोही अवधिमा आर्जन गरेको तुलनामा १५५.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खु्द नाफा २४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा संस्थाको खुद ब्याज आम्दानी पनि ४५.३७ प्रतिशतले बढी हो । ८ करोड ६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी १० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ९८ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४९ लाख १५ हजार रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात ५.७४ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत पुगेको छ ।
संस्थाको निक्षेप संकलन १ अर्ब १३ करोड र कर्जा प्रवाह ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३.३७ रुपैयाँ, प्रतिसेयर मुल सम्पत्तिको मूल्य १५९८.२१ रुपैयाँ रहेकाे छ ।






