काठमाडौं, वैशाख २२, २०८३
नेपाल प्रहरीले हालै सार्वजनिक गरेको सूचनामा नागरिकहरूलाई ConnectIPS खातासँग सम्बन्धित ठगी र फिसिङ गतिविधिहरूबाट सावधान रहन आग्रह गरिएको छ।

सूचनामा केही व्यक्तिहरूले “Your Account is Locked” वा “ConnectIPS Account Locked” भन्ने भ्रामक सन्देशहरू पठाउँदै नक्कली वेबसाइटहरू जस्तै
connecttips.live,
connecttips.support,
connecttips-support.com,
र connecttipsips.com
प्रयोग गरी प्रयोगकर्ताको व्यक्तिगत र बैंक विवरण चोरी गर्ने प्रयास गरिरहेका छन्।
नेपाल प्रहरीले यस्ता सन्देश वा लिंकहरूमा क्लिक नगर्न, व्यक्तिगत विवरण नबाँड्न, र केवल ConnectIPS को आधिकारिक वेबसाइटमार्फत मात्र कारोबार गर्न सल्लाह दिएको छ।
सूचनामा साइबर अपराधको रिपोर्टिङका लागि निम्न सम्पर्क विवरण पनि प्रदान गरिएको छ:
📧 Email: cyberbureau@nepalpolice.gov.np
🌐 Website:https://cyberbureau.nepalpolice.gov.np
#टेकगञ्ज #techgunj






