काठमाडौं । आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.५६ को विन्दुमा कायम भएको छ ।
आज ३०९ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड माथिको सेयर कारोबार भएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३१ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।






