साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार घटेको छ । आज परिसुचक नेप्से ७.२६ अंकले घटेर दुई हजार ६७८.४७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी सवल योजनाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।






